सिरहा । सिरहाको लहान स्थित यातायात ब्यवस्था कार्यालयबाट अस्थायी सवारी चालक अनुमतिपत्र वितरण बितरण सुरु भएको छ ।
बिहीबार यातायात कार्यालय लहानले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण गरेको हो ।
सावारी लाइसेन्स स्मार्टकाड लिन एक वर्ष लाग्नेभएकाले सवारीचाललाई सहज हुने गरी तत्कालका लागि अस्थायी स्मार्टकार्ड वितरण सुरु गरेको कार्यालय प्रमुख मिन भट्टराइले बताए ।
अस्थायी लाइसेन्स कार्ड वितरणको उद्घाटन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कणेलले गरेका हुन् ।
भीड कम गर्न अनलाइन सेवा सुरु गर्न पहल गर्ने गरेको प्रमुख भट्टराईले बताए ।
देशभरिका यातायात कार्यालयको ३२ शाखा मध्ये काठमाण्डौ ,जनकपुर ,महत्तोरीको बर्दिबास र सिरहाको लहानबाट अस्थायी चालक अनुमतिपत्र बितरण भइरहेको छ ।