काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेरमाथि मुक्का पहार भएको छ ।
आफुहरुलाई दुखमा सहयोग नगरेको भन्दै
मेयर शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका हुन् ।
बुटवल ३ ज्योतिनगरमा पहिरोको अवलोकनका गर्न पुगेका मेयर सुवेदीमाथि स्थानीय युवाले मुक्का प्रहार गरेका थिए ।
पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले मेयर सुवेदी माथि एक्कासी आक्रमण गरेका छन् ।
गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो गएको थियो । जसमा झण्डै एक दर्जन घर पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
मुक्का प्रहर गरेपछि उनी फर्किएका हुन् ।