घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्वर ७, ८ र ९ नम्बर वडामा झाडापखालाको प्रकोप देखिएको र त्यसमध्ये दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।
मृत्यु हेनेमा कृष्णनगर वडा नम्वर ९ बस्ने ५ वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख पाण्डेले जानकारी दिए ।
स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि शिवराज अस्पतालमा समेत बिरामी आउन थालेको स्थानीयले बताएका छन् । शिवराज अस्पताल बिरामीले भरिन थालेपछि जटिल बिरामीलाई तौलिहवा र बुटवलमा पठाउन थालिएको प्रमुख पाण्डेले बताए । प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालय जुटेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनले झाडापखाला कसरी फैलियो भन्ने बारेमा अध्ययन भइरहेको समेत बताए ।