फारवेष्ट टाईम्स,
मुगु । मुगुको खत्यड गाउँपालिकामा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको निधन भएको छ ।
खत्याड गाउँपालिका–१० डुवाना बस्ने अम्मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो निधन भएको हो ।
सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावलसहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै निधन भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रातापानी प्रहरीले जनाएको छ ।