चीन — चीनमा पुनः एक पटक ( कोभीड १९ ) कोरोना भाइरसको संक्रमण फैलिन थाल्दा जनजीवन अस्त ब्यस्त हुन लागेको छ । ‘डेल्टा भेरियन्ट’फेरि चिनका केही स्थाममा संकट खडा गरेको हो । कोरोनाका कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् ।
चिनियाँ बाट प्रकाशित सरकारी अखबार ग्लोबल टाइम्सकाले अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । यसैगरी केजि महिना पहिले पनि चीनमा कोरोना संक्रमण फैलिएको थियो । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ । चिनको वुहान बाट शुरु भएको कोरोना महामारीले अहिले बिश्वमा थुप्रै देशहरु संकटमा परेका हुन । तर बिश्व स्वास्थ्य संगठनले यश बारेमा छानबिन गर्न खोज्दा समेत चीनले यश बारेमा कुनै चासो देखाएको छैन ।
गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ । एजेन्सी