काठमाडौं। सिंहदरबारभित्र गोली चलेको छ । तर गोली कसैलाई पनि लागेको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । के कसरी गोली पड्क्यो भन्ने विषयमा खुलिसकेको छैन ।
उहाँसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । khabarbani