नयाँ दिल्ली । भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ। चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशीय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो।
भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको बिहिबार जारी विज्ञप्तीमा उल्लेख छ। सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ।
भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण करिब ५ हजार किलोमिटरसम्म पुगेको बताइएको छ।