रुपन्देही । उपत्यका बाहिर रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन थालेको ४ वर्ष बित्यो । आर्थिक वर्ष २०७२/७३ मा निर्माण कार्य सुरु गर्दा ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखियो ।
जुन लक्ष्यको समय सीमा सकिएपछि पटक-पटकको म्याद थप गर्दा पनि विमानस्थलको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। करिब ३१ अर्को लागतमा बन्न थालेको अन्तर्राष्ट्रिय विमानस्थल कछुवा गतिले छिमेकी मुलुक भारतलाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ ।
निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने भएको हो । भारतले बुद्धको जन्मस्थल लुम्बिनीबाट १ सय ३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर गौतमबुद्ध विमानस्थलसँगै शान्ति स्थल लुम्बिनीमा पनि पर्ने लुम्बिनी स्थित होटेल व्यवसायीहरू बताउँछन् ।
सो विमानस्थल कहिले निर्माण कार्य सम्पन्न हुन्छ भन्ने बारे कुनै टुङ्गो नभएकाले लुम्बिनीमा आउने तेस्रो मुलुकका नागरिकहरू भारतले बनाएको विमानस्थल प्रयोग गरी लुम्बिनीमा आउने गरेको होटेल व्यवसायीहरूको भनाई छ।
तोकिएको समय सीमा भित्र निर्माण कार्य नभएको वेला विमानस्थलका सरकारी अधिकारीहरूले निर्माण कार्य ढिलाइ हुनुमा कोभिडलाई ढाल बनाउँदै आएका छन्। जसको फाइदा लुम्बिनी घुम्न आउने पर्यटकहरूलाई लक्षित गरी भारतले कुश नगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपछि विदेशी पर्यटकहरू सोही ठाउँबाट लुम्बिनी आउने गरेको पाइएको छ । लुम्बिनी आउने पर्यटकहरूको आगमनलाई रोक्नका लागि भारतले लुम्बिनी देखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न खोजेको रुपन्देहीका पर्यटन व्यवसायीहरूको भनाई छ ।
भैरहवामा समयमा नै विमानस्थल नबन्दा बुद्ध सर्किट घुम्न आउने तेस्रो मुलुकका पर्यटकहरू लुम्बिनी घुम्ने र यहाँको टुर व्यवसायी तथा होटेल व्यवसायमा टेवा पुग्ने होटेल व्यवसायी मनोज अग्रवालले बताए।
निर्माण व्यवसायीहरू नआउँदा ढिलाइ
गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले दिएको जानकारी अनुसार निर्माण कार्य झन्डै ९८ प्रतिशत सकिएको उल्लेख गरे पनि विमानस्थल कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने बारे कुनै टुङ्गो छैन। आयोजनाका प्रमुख अधिकारीले सम्झौता अनुसार विदेशबाट निर्माण व्यवसायीहरू नआउँदा निर्माण कार्य ढिला भएको बताए।
क्यालिब्रेसन फ्लाइटको लागि भारत चुपचाप
ढिलै भए पनि गौतमबुद्ध विमानस्थल निर्माण कार्य सकिए पनि भारतले उडानमा सहमति जनाउने वा नजनाउने भन्नेमा शङ्का रहेको छ । विमानस्थल सञ्चालन हुनु पूर्व नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरे पनि कुनै जानकारी दिएको छैन । जसका कारण एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भने पनि भारतले सहमति नदिँदा अझै परीक्षण उडान हुन सकेको छैन । हाम्राकुरा