काठमाडौं । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका .कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् ।
सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ ।
विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा चल्ने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।
चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले सेप्टेम्बरमा भनेको थियो, ‘यो वर्ष देशको ६४ औद्योगिक क्षेत्रमा यो अभियान सञ्चालन हुनेछ ।’
चीनमा ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना हुनेछ । यो कार्यक्रम बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुने बताइएको छ ।
राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको हो । जसका कारण कतिपय राजमार्ग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो सहरमा जाडो मौसम सुरु हुनभन्दा पहिलो प्रदूषण बढेको हो । प्रदूषण बढेसँगै सरकारले निर्माण कार्य, कारखानाको काम खुला तथा विद्यालय र बाहिरी गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।
सहरका धेरै गगनचुम्बी भवनहरूको माथिल्लो भाग प्रदूषणकारण देख्न सकिँदैन । बेइजिङ–तिजियाङ–हेइवेको औद्योगिक क्षेत्रले जाडोको मौसममा गम्भीर प्रदूषण समस्याको सामना गर्छ ।
आगामी दुई दिनमा आउने हावाले बेइजिङलाई यो धुवाँबाट मुक्त गर्ने अपेक्षा गरिएको छ । यता, चीन सरकारले प्रदूषणविरुद्ध अभियान सुरु गरेको छ ।
सरकारले गत भदौमा यो वर्ष देशका ६४ औधोगिक सहरमा यो अभियान चलाउने बताएको थियो । शीतकालीन ओलम्पिक ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म चीनमा हुँदैछ । यो खेलकुद प्रतियोगिता बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुनेछ । एजेन्सीहरुको सहयोगमा