Thursday, December 2, 2021
spot_img
Homeप्रदेश २मुख्यमन्त्री राउतले उद्योगमन्त्री रायलाई गरे बर्खास्त

मुख्यमन्त्री राउतले उद्योगमन्त्री रायलाई गरे बर्खास्त

शेयर गर्नु होस

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका छन् ।

पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले करिब दुई बजे मन्त्रीको पदमुक्तको पत्र प्राप्त भएको जानकारी दिए ।

मुख्यमन्त्री राउतले उनीसँग राजिनामा माग गरेपछि रायले राजिनामा दिएका थिएनन् ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो ।

राय आफ्नो पद बँचाउनकै लागि महन्थ ठाकुरका साथ छाडेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: