Thursday, December 2, 2021
spot_img
Homeप्रदेश २काँग्रेसको धनुषामा स्थगित पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भोली हुने

काँग्रेसको धनुषामा स्थगित पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भोली हुने

शेयर गर्नु होस

जनकपुरधाम ।  धनुषामा स्थगित भएको कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भोली हुने भएको छ ।

स्थगित गरिएको एक दिन नबित्दै निर्वाचन अधिकृतले निर्वाचनको समय निर्धारण गरेका छन् ।

शुक्रवार मात्र निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले मंसिर ४ र ६ गतेका लागि निर्धारण गरेको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

शनिवार पूनः एक सूचना जारी गर्दै निर्वाचन अधिकृत ज्ञवालीले नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति धनुषाको शनिवारको निर्णय अनुसार पालिका स्तरीय १४ औँ महाधिवेशन आइतवारको लागि निर्धारण गरिएको एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: