Thursday, December 9, 2021
spot_img
Homeअन्तराष्ट्रियलाओसमा चिन बिरोधि भावना बढदै , चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी...

लाओसमा चिन बिरोधि भावना बढदै , चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी काम गर्दै आएको स्थानीयहरुको बिरोध शुरु

बेइजिङ । लाओसमा चीन विरोधी भावनामा बढेको छ।
चीनको सांघाईस्थित कम्पनी वाङ फेङ सांघाई रियल स्टेटले विशेष आर्थिक क्षेत्रमा एक सय मिटर अग्लो बुद्धको मूर्ति बनाएपछि चीनविरोधी भावनामा वृद्धि भएको हो ।

पाँच बिलियन डलरमा भियनटाइनस्थित मेकोङ नदीको किनारमा उक्त बुद्धमूर्ति राखिएको छ। लाओसका सञ्चारमाध्यमहरुका अनुसार उक्त बुद्धमूर्तीलाई गलतरुपमा चित्रण गरिएको भन्दै आलोचना सुरु भएको हो।
सामाजिक सञ्जालहरुमा कम्पनीले बुद्धिस्टहरुको भावनामा चोट पुर्‍याउने काम गरेको भन्दै आलोचना सुरु भएको हो। महायान परम्पराविरुद्ध हुने गरी बुद्धलाई दुई खुट्टा एकआपसमा जोडेर उक्त मूर्ति बनाइएको जनाइएको छ।
निकै अग्लो उक्त बुद्ध मूर्तिमा सुनको जलप लगाइएको छ। जसलाई लायोटियनको सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गरिएको छ। चीनले लायटियन बुद्धप्रति बढी झुकाव राख्न थालेको भन्दै उक्त मूर्ति स्थापना गरिएको हो ।
त्यसैगरी चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी एक परियोजनामा काम गरिरहेको र सन् २०२० सम्म उक्त नदीलाई निकै कुरूप बनाएको पाइएपछि कम्पनीको चर्को विरोध गरिएको थियो। उक्त कम्पनीलाई फिर्ता जानसमेत दबाब दिइएको छ। एजेन्सी

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: