काठमाडौं । सर्वव्यापी सम्मानित मानिने राष्ट्रपति र उपराष्ट्रपति पद राजनीतिक दलभन्दा माथि हुन्छ । यी पदमा जाँदा नै आफ्नो पूरानो दलसँगको सम्बन्ध पूर्ण रुपमा त्याग्नुपर्छ । तर माओवादी केन्द्रबाट उपराष्ट्रपनि बनेका नन्दबहादुर पुन कम्युनिस्ट आशक्ति अलि बड्ता नै छ ।
कार्यकालको उत्तरार्धमा आइपुग्दा पनि पुनले कम्युनिस्ट धङधङी छोड्न सकेका छैनन् । अझै पनि उनले आफूलाई माओवादी लिडर नै ठानेका छन् । पदमा उ त्यो माथि सम्मानित स्थानमा पुगे पनि व्यवहार भने उनको सामान्य कम्युनिस्ट नेताजस्तो छ ।
हालै पनि यहीँ व्यवहार उनले प्रदर्शन गरे । आफ्नो पदीय मर्यादाको धज्जी उडाउँदै उपराष्ट्रपति पुन उत्तरी छिमेकी चीनका कम्युनिस्ट नेतासामु लम्पसार परेका छन् । पदीय गरिमान ख्याल नगरी पुन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेता सङ थाओसहित वरिष्ठ नेता सहभागी एक कार्यक्रममा इज्जत लुटाएर सहभागी भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले सोमबार नेपालका कम्युनिस्ट पार्टीका नेताहरु छलफल कार्यक्रम आयोजना गरेको थियो । जसमा पार्टीभन्दा माथि पद उपराष्ट्रपतिमा आसिन नन्दबहादुर पुन औकात बिर्सेर, लाज पचाएर सहभागी भएका छन् । यसरी उनले आफ्नो पदको गरिमा, आफ्नो गरिमामात्रै लुटाएनन् नेपाल देशकै सम्मानित पदको बेइज्जत गरेका छन् ।
उपराष्ट्रपति भएर कुनै एउटा देशको पार्टीको सामान्य कार्यक्रममा लम्पसार परेर पुनले देशको स्वाभिमान, सम्मान नै मिल्काइदिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले पार्टीको १९औँ केन्द्रीय समितिले अघिल्लो साता गरेका निर्णय दक्षिण एसियाली मुलुकका कम्युनिस्ट पार्टीलाई सुनाउन आयोजना गरेको भर्चुअल कार्यक्रममा उपराष्ट्रपति पुन प्रमुख वक्ताका रुपमा सहभागी भए ।
उनले १५ मिनेट मन्तव्य दिए । एक त उपराष्ट्रपति पुन सहभागी हुनु नै पदीय मर्यादा विपरीत हो । अर्कोतिर पुन सहभागी भएको जानकारी कम्तिमा परराष्ट्र मन्त्रालयलाई हुनुपर्थ्यो । दलका नेताले जानकारी नदिए पनि देशको सम्मानित पदमा आसिन उपराष्ट्रपतिले जानकारी गराउनुपर्थ्यो ।
तर पुन चिनियाँ नेतासामु लम्पसार परे । परराष्ट्रको आचारसंहिताको पनि धज्जी उडाए । परराष्ट्र मामिला जानकारले उपराष्ट्रपतिको यो हर्कतलाई पार्टी विशेषको नेताझैँ सहभागी हुनु कूटनीतिक मर्यादाविपरीत भनेका छन् ।
उपराष्ट्रपतिको हैसियतमा पुनले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रममा सहभागिता जनाउनु कूटनीतिक मर्यादा र प्रचलन विपरीत रहेको परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव गोपालबहादुर थापाको धारणा छ ।
पार्टी विशेषको नेताको रुपमा उपस्थिति जनाएर उपराष्ट्रपतिले कूटनीतिक आचारसंहितको उल्लंघन गरेको र यो देशकै लागि बिडम्बना भएको थापाले बताए ।