काठमाडौं । सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणमा हिन्दु समुदायलाई लक्षीत गरेर हिन्दु समुदायलाई नै आक्रमणको जिम्मेवार बनाएर बदनाम गराउन खोजेको देखिएको छ ।
तीन दिन अर्थात् २९ नोभेम्बरसम्म भएको आक्रमणमा १ सय ७५ जनाले ज्यान गुमाएको करिब ३ सय जति घाइते भएका थिए ।
१० आतंककारीमध्ये ९ मारिएका थिए भने अजमल कसाबलाई पक्राउ गरिएको थियो । पछि अजमल कसाबलाई सन् २०१२ मा मृत्यु दण्ड दिएको थियो ।
अजमल कसाबले हैदराबादका समिर चौधरीको आइडी कार्ड हालेको पाइएपछि आईएसआई र लश्कर ई तैयबले हिन्दुलाई नै हमलाको दोषी देखाएर ‘हिन्दु आक्रमण’को नाम दिन खोजेको पाइएको हो ।
अजमल कसबसँग छानबिनका क्रममा उनले विभिन्न कुराहरु स्वीकारेका छन्, जस्तैकी आफुलाई कसरी तालिम दिइयो, जिहादीलाई प्रयोग गर्न लगाएको एवं आफ्नो बुवालाई पैंसा दिने भनेको कुराहरु समेत उनले भारतीय प्रहरीलाई बताएका छन् ।
यो आक्रमण हिन्दुलाई नै लक्षित गरिएको भए पनि मुस्लीमहरुले समेत ज्यान गुमाएका थिए । मुम्बई आक्रमणमा घाइते हुनेमा चन्दकान्त, अर्बिन्द, एसएच वार्धकार, मोहम्मद एम अन्सरी, एचके असिफ, अब्दुल शेख सोहेलगायत रहेका थिए । https://youtu.be/CwKNQDKsVHk