काठमाडौं । डा.सीके राउतको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका प्रभावशाली युवा नेता जासर यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित लोसपाको संसदीय दलको कार्यालयमा अध्यक्ष महन्थ ठाकुरले यादवलाई पार्टी प्रवेश गराएको केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाले मधेशवाणीलाई जानकारी दिए ।
डा.सीके राउतले स्वतन्त्र मधेश गठबन्धनलाई विघटन गरेपछि यादव राजनीतिबाट अग्गिएका थिए । उनी मधेशमा कृषि क्रान्ति अभियान सञ्चालन गर्दै आएका छन् ।