काठमाडौं । आर्थिक पतनको मार्गमा रहेको पाकिस्तानलाई विदेशमा रहेका दुतावास सञ्चालन गर्न समेत पैंसा नभएपछि कर्मचारीहरुले जागिर नै छाडेका छन् ।
पाकिस्तानी समाचार वेबसाइट दि न्युजका अनुसार अमेरिका स्थिती पाकिस्तानी दुतावासमा काम गरिरहेका ५ कर्मचारीहरुलाई अगस्त महिनाको तलब मिलेको थिएन । तलबमा ढिलाइ भएपछि पाँचमध्ये एक कर्मचारीले जागिर छोडेका हुन् ।
पाकिस्तानी दुतावासले स्थानीयरुपमा राख्ने कर्मचारीहरुलाई अमेरिकी नियम अनुसार मासिक २ हजारदेखि २५ सम अमेरिकी डलर तलब दिनुपर्छ । पाकिस्तानले अहिले कर्मचारीहरुलाई तलब दिन ऋण निकालिरहेको बताइएको छ ।
गत महिना पािकस्तानका राष्ट्रपति इमरान खान आफैले देश चलाउन पैंसा नभएको टिप्पणी गरेका थिए । उनले कर नउठ्ने एवं ऋण बढेका कारण देश चलाउन पैंसा नभएको बताएका थिए ।