एजेन्सी । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन राउत र उनकी पत्नी मधुलिकाको शुक्रबार अन्तिम संस्कार हुने भएको छ ।
बुधबार तमिलनाडुको कुन्नूरमा भएको दुर्घटनामा रावत दम्पत्तिसहित १३ जनाको मृत्यु भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार दिल्लीमा रावतको अन्तिम संस्कार हुँदैछ।
सीडीएस रावत र उनकी पत्नी मधुलिकाको पार्थिव शरीर आजै दिल्ली ल्याउने बताइएको छ। सीडीएस रावतको गृह राज्य उत्तराखण्डमा त्यहाँको राज्य सरकारले तीन दिन राजकीय शोकको घोषणा गरेको छ।
दुर्घटनामा जीवितै रहेका अर्का एक जना मेजरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रावतको मृत्युमा देश विदेशबाट विभिन्न ओहदाका मानिसहरुले दुख व्यक्त गरिरहेका छन्। पाकिस्तानी सेनाले पनि ट्विटमार्फत रावतसहित मृत्यु भएका भारतीय सेनामाथि समवेदना व्यक्त गरेको छ।