एजेन्सी । चिनीया लगानी र चिनिया ठेकेदार द्धारा सिन्धुपाल्चोकको बाह्रविसेमा निर्माण भईरहेको २२० के।भी सवस्टेसन निर्माणमा चिनिया पक्षले गम्भिर लापरवाही र ढिलासुस्ती गरिरहेका छन् । चिनिया पक्षले कार्यसम्पादन सन्तोष जनक नगरेको भन्दै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले काममा लापरवाही र ढिलासुस्ती गरेकोले यदी चिनिया पक्षले कार्य सम्पादन छिटो पुरा नगरे ठेक्का नै तोड्ने चेतावनी दिएका छन् ।
चिनीया कम्पनिहरु ग्वाङसी ट्रान्समीसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ ईलेक्ट्रोनिक्सले सो २२० के।भी सव स्टेसनको निर्माण गरिरहेका छन् । करीब २ वर्ष अघीको भन्दा काम सन्तोषजनक नभएको यो सव स्टेसन निर्माणमा चिनिया ठेकेदारले गम्भिर लापरवाही गरेका छन् । खिम्ती , तामाकोशी र भोटेकोशी नदी क्षेत्रमा निर्माण हुने जलविधुत आयोजनाको विधुत काठमाण्डौ उपत्यकामा ल्याउन तामाकोशी काठमाण्डौ उच्च क्षमताको प्रसारण लाईन र सव स्टेशनको निर्माण सुरु गरिएको थियो ।
प्राधिकरणको आयोजना अन्र्तगत रामेछापको न्यु खिम्ती , बाह्रविसे र काठमाण्डौ लप्सीफेदीमा ४०० के।भीको सव स्टेसनको निर्माणको काम पनि चिनिया ठेकेदारहरुले गरिरहेका छन् । एसियाली विकास बैंकको सहुलियतपुर्ण ऋणमा बनिरहेका यी सब स्टेसनहरुको निर्माणमा चिनिया ठेकेदारहरुको लापरवाही र ढिलासुस्तीले गर्दा लागत पनि बढेर गएको छ । निर्माण सम्झौता पछी चिनिया पक्षले किस्ता रकम चाही दिन बाध्य बनाउने तर काममा चाही चासो नदिने गर्ने गरेका छन् । चिनीया लगानी र चिनिया ठेकेदार द्धारा निर्माण सुरु गरेका धेरै आयोजनाहरुलाई अलपत्र पारेका छन् ।
काठमाण्डौमा निर्माण भईरहेको चक्रपथ विस्तार आयोजनालाई पनि चिनिया पक्षले अलपत्र अवस्थामा छाडेका छन् । यति मात्र होईन चिनिया पक्षले लगानी गरेर संञ्चालन गरिरहेका नेपालका उधागहरुमा पनि गैर कानुनी रुपमा काम गरिरहेको पाईएको छ । एक स्वतन्त्र र सार्वभौम राष्ट्रको नियम र कानुुनको धज्जी उडाउंदै चिनिया पक्षले बारम्बार नेपाल माथि उघोषित आक्रमण गर्ने गरेको छ । चिनीया लगानीमा विरगंज–पथलैया औधोगिक कटीडोरको भलुहिमा सञ्चालित अन्नपुर्ण लेदर र्टेनिङ्ग ईण्डस्ट्रिज प्रा।लि ले एस।एच कोड र उत्पादन फरक पारेर काचो छालाको निर्यात गरिरहेको छ ।नेपाल बाट अप्रसोधित कांचो छाला निर्यात गर्न बन्देज लगाएको छ तर नेपालको कानुनलाई चुनौती दिदै चिनीया पक्षले कांचो छालाको निर्यात गरिरहेको छ ।
यस उधोगका चिनीया लगानीकर्ता क्यो जिङ्गले सर्सीया भन्सार प्रमुख डा। लाल बहादुर खत्रीलाई भेटी आफ्नो सामान भन्सारले रोकेकोमा छोड्नका लागि घुमाउरो पारामा दवाव दिएका थिए । चिनले नेपालको राजनैतिक , आर्थिक र अन्तराष्ट्रिय नितीमा वितेका केही बर्षहरु देखी अप्रत्यासित हस्तक्षेपलाई बढाउंदै लगिरहेको छ ।
आर्थिक प्रलोभन र बाध्यकारी नियमहरु थोपारेर आफु अनुकुल निर्णय गराउने , आफुले भने जस्तो भए काम गर्दिने नत्र काम नगर्ने परराष्ट्र नितीमा प्रत्यक्ष आफ्नो प्रभुत्व लाद्न खोज्ने जस्ता हस्तक्षेपकारी भुमिकालाई बढाउंदै लगिरहेको छ । कोरोना कहरको समस्या देखाई विगत २ वर्ष देखी उतरी सिमामा चिनीया पक्षले अघोषित नाकाबन्दी नै लगाएको छ । निर्माण आयोजनाका निर्माणधीन कामहरु अलपत्र पार्ने , सिमामा अघोषित नाकाबन्दी लगाउने , चिनीया लगानीमा सञ्चालित उधोगहरुबाट गैरकानुनी सामानहरुको निर्यात गर्ने , सिमा अतिक्रमण परियोजना निर्माण गर्ने भन्दै खर्वौ डलरको ऋणभार जस्ता प्रभुत्ववादी चिन्तनले नेपाललाई हस्तक्षेप गरिरहेको छ ।
यस्ता हस्तक्षेपकारी प्रवृतिले नेपाल र नेपालीले अनावश्यक दुःख भोग्नु परिरहेको र नेपाल र चिन विचको कुटनैतिक सम्बन्धमा पनि दरार उत्पन्न गराउन सक्छ ।