शुभ नारायण यादव
सप्तरी । सप्तरीमा विद्यालयको भवन निर्माण कार्यमा मनोमानी ढंगले उपभोक्ता समिति गठन गरिएको पाइएको छ ।
जिल्लाको महादेवा गाउँपालिका १ स्थित २ वटा स्कुलमा भवन निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको पाईएको छ ।
नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकाश कोषबाट ८० लाखमा ४ कोठे भवन उपभोक्ता समितिको सूचना प्रकाशन नगरी गोप्य रुपमै आफ्नो आफन्त तथा नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको आरोप लागेको छ ।
मन्त्री साहको संसदीय विकाश कोषवाट पकरी माविमा २ कोठे भवनको लागी ५० लाख र सोनरा राप्राविको लागी ३० लाखको २ कोठे भवन उपभोक्ता समितिमा कार्यकर्ता, आफना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेको स्थानिय उपभोक्ता विधानन्द यादवले बताए ।
उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरु त्रुटिपुर्ण रहेकोले सम्बन्धित निकायले यस तर्फ ध्यान पुर्याउनु पर्ने स्थानिय रमेश यादवले बताए ।
यता उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरुबारे गाउँपाकिलाकामा कुनै किसिमको जानकारी नरहेको प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले बताए ।