संजय यादव, सिरहा
४ पुस, २०७८
सिरहाको गोलबजार नगरपालिका ६ मा शनिवार साँझ दुई समूहबिच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना सक्त भाइते भएका छन् । छुरा प्रहारबाट गोलबजार ६ डोहटियाका करिव २५ वर्षिय रामकुमार सदाको मृत्यू भएको हो । घाइते सोही ठाउँका २० वर्षिय निकेश सदाको आरके मेडिसीटी अस्पताल मुसहर्नियामा उपचार भईरहेको गोलबजार प्रहरीले बताए । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी ईन्सपेक्टर सन्तोष कुमार राईले घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ । शवलाई पोष्टमार्डमको लागि लहान अस्पताल पठाएको ईन्सपेक्टर राईले बताए ।