विश्वकै सबभन्दा स्वार्थी र धुर्त व्यापारी चिनको अर्को चर्तिकला बाहिर आएको छ । आफ्नो विशाल व्यापारिक साम्राज्यवादी शासनलाई टिकाईराख्न उसले बड़ो चतुराईपुर्ण तरिकाले विश्व बजारलाई आफ्नो अधीनस्थ हुनका लागि प्रपञ्च रच्दै आएको अनेकौ उदाहरण छन । यसैबिच विश्वको एक महत्वपूर्ण कारको पार्टपुर्जा निर्माता जर्मन कम्पनी “कन्टिनेन्टल”लाई उसले लिथुआनियामा निर्मित कम्पोनेन्टको प्रयोग रोक्न दबाब दिएको खबर बाहिरिएको छ । स्वशासित ताइवानद्धारा भिल्नियसमा प्रतिनिधि कार्यालय खोलिएपछि लिथुआनियासंग चिन रुष्ट भएको समाचार रोयटर्सले लेखेको छ । लिथुआनियाले “स्वतंत्रताका लागि लड्नेहरुको समर्थन” गर्ने देखिएपछि बेइजिङ्ग आक्रोशित भएको हो । जसका कारण विश्वव्यापी आपुर्ति शृङ्खलाको युगमा, चिन र लिथुआनिया कुटनितिक विवादले नराम्ररी असर गरिरहेको समाचारमा उल्लेख छ । लिथुआनियाबाट प्रमुख रुपमा सामान आयात गर्ने कन्टिनेन्टल लगायत कैयौं अन्तराष्ट्रिय कम्पनिहरु छन् जसको लागि चिन ठुलो बजार हो । चिनमा निर्यात गर्ने सबैजसो बहुराष्ट्रीय कम्पनिलाई लिथुआनियासंगको सम्बन्ध तोड्न अथवा चिनिया बजार छोड्न चेतावनी दिइएको छ ।
यस सन्दर्भमा चिनिया पक्षले, चिनमा उक्त कम्पनिहरुको विश्वसनीयता माथी प्रश्न उठिरहेको प्रतिक्रिया दिएको, समाचारमा उल्लेख छ । यसरी युरोपको सबभन्दा ठुलो अर्थतन्त्रको आकर्षकस्तम्भ रहेको जर्मन कार उद्योगलाई आफ्नो नियंत्रणमा ल्याउने संकेत गरेपछि चिनको व्यापारिक एकाधिकार को उद्देश्य बाहिरिएको हो । उसले विश्व अर्थतंत्रलाई नियन्तर्ण गर्न खोजिरहेको र त्यसका लागि अनेकौ बहानाहरु तलाश गरिरहेको बुझ्न सकिन्छ ।