विराटनगर :: बिराटनगरमा कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने माग सहित दबाबमुलक प्रदर्शन गरिएको छ ।
आज प्रदेश नम्बर १ को राजधानी समेत रहेको मोरङको विराटनगर महानगरपालिका स्थित भुकुटी चौकमा स्वतन्त्र युवाहरुको समुह र महानगरपालिकाको वडा नम्बर १७ को नेकपा एकिकृत समाजवादीका वडा सभापती राजिब शाहको अध्यक्षतामा उक्त प्रदर्शन गरिएको हो । नेकपा एसका महानगर अध्यक्ष पारुल छेत्रीको प्रमुख आतिथ्य र नेतृत्वमा कृषकका मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिइएका थिए ।
अध्यक्ष शाह सहित जुनु पोखरेल,मो जुनेद,मो भोलु,सन्नी शाह लगायतको सहभागितामा दवावमुलक कार्यक्रम गरिएको हो ।
कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषि बिमाको व्यवस्था गर्नुपर्ने,उत्पादनको उचित मुल्यांकन गरिनुपर्ने, लगायतका माग राखिएको थियो ।
उक्त्त प्रदर्शनका बेला हालका कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरिएको थियो ।यता, चीनले रोक लगाएको मलको आयात हुन नसक्दा नेपाली जनता मारमा परेकोले मलको आपूर्तिको लागि सरकारले भारत सङ समन्वय गरि मल आयात गरि किशानहरु लाई सहज बनाउन समेत माग युवाहरुले राखेका थिए ।
अहिलेको वर्तमान समयमा युवाहरु कृषितर्फ आकर्षित भएपनि समयमा मल, बिऊ नपाउने, कुनै प्रकारको क्षती भएमा राहत नहुने हुँदा युवाहरुलाई समस्या हुदैं आएको छ ।
युवाहरुले अविलम्ब उक्त समस्याहरुको समाधान सहित व्यवस्था गर्न माग गरेका छन् ।