संजय यादव, गोलबार, सिरहा
पुस, २९ गते बुधवार
पूर्व युवा तथा खेलकूद मंत्री पुरुषोतम पौडेलले खेलकूद मानव जीवनको अपरिहार्य हो । स्वस्थ जीवन र अन्तराष्ट्रिय सुसम्बन्धको लागि खेलकूद रहेको बताएका छन् । २०७२ को संबिधानमै खेलकूदलाई मौलिक अधिकारको ब्यबस्था गरेको बताए । सिरहाको गोलबजारमा राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा बुधवार देखि शुरु भएको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उदघाटन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वमंत्री पौडेलले यस्तो बताए । खेलकूद महासंघको पूर्व अध्यक्ष समेत रहेको पौडेलले ब्याडमिन्टन संघले प्रतियोगिता मात्र हैन, खेलाडी उत्पादन गर्न निकै नै सहयोग गर्दै आईरहेको बताए । स्थानिय, प्रदेश र संघ सरकार तिनटै लाई खेलकूदको बिषयमा निति तथा योजना बनाउने अधिकार सुरक्षित गरेको छ । उनले भने, भौतिक पूर्वाधार मात्र खेलकूदको विकास होईन, खेलाडी कसरी उत्पादन गर्नेतिर सरकारले ध्यान दिनुपर्ने ।
खेलकूदको क्षेत्रमा पछाडी रहेकोले सरकारले खेलाडी उत्पादनमा लगानी गर्न निकैनै जरुरी रहेको बताए । खेलकूदको महत्वलाई संघ, प्रदेश र स्थानिय सरकारले बुझन जरुरी रहेको छ । पहिचान र ब्यक्तित्व निखारने खेलकूद रहेको बताए । नेकपा प्रचण्ड माधव समूहका नेता समेत रहेका पूर्वमंत्री पौडेलले ओली समूहका नेताहरुलाई ईंगित गर्दै भने, आफनै पार्टीमा मारामार र नैतिकता समेत नेताहरुमा नरहेकोले खेलाडी, कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलाल जस्ताहरुबाट सिक्न नेताहरुलाई आग्रह पनि गरे ।
समारोहको अध्यक्षता ग्रहण गरेको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरपालिकाले खेलकूदको क्षेत्रमा उल्लेखनीय कामहरु शुरु गरेको बताए । नगर प्रमुख साहले भने, ५२ बिग्हा जग्गामा सुबिधा सम्पन्न खेलग्राम, आधुनिक कर्वड हल लगायत अन्य आवश्यक खेल मैदानहरुको निमार्ण शुरु भईरहेको बताए । यहाँका युवाहरुलाई कुलतबाट बचाउन र अनुशासनको शिक्षाको लागि खेलकूदमा जोड दिदै खेलकूदको लागि रतीभर पनि उदासिनता हुन नदिने बताए । कृषि, शिक्षा, स्वास्थ्य, खेलकूद लगायत समष्टिगत विकासको काममा नगरपालिका अगाडी बढीरहेको धारणा राखे । यस्तो राष्ट्रिय स्तरको खेल गोलबजार नगरपालिकामा हुनु नै ठूलो गर्वको कुरा रहेको समेत नगर प्रमुख साहले बताए ।
खेल पुस २९ गते देखि माघ ३ गते सम्म हुने १० इभेन्टस्को खेलमा देशभरीका ३ सय जना खेलाडीको सहभागिता रहेको गोलबजार नगरपालिकाका खेलकूद प्रशिक्षक कसम लामाले बताए । कर्वड हलको औपचारिक उदघाटन आईतवार मात्र नगर प्रमुख देवनाथ साहले गरेको थियो ।