संजय यादव, सिरहा
८ चैत्र, २०७७
सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरध्वज आङ्गदेम्वेले सभ्य र हराभरा नगर बनाउन मिर्चैया नगरबासीलाई आहवान गरेका छन् । नगरबासीले पाउनु पर्ने सेवा सुबिधाको काममा नो कम्प्रमाइज, छिटो र छरितो सेवा सुबिधा उपलब्ध गराउन नगरपालिकाका सबै शाखालाई निर्देशन गरिसकेको बताएका छन् । विकासको काम भरसक वैशाखको अन्तसम्म, भएन भने जेठको पहिलो हप्ता सम्म सबै योजना निर्माणको काम सक्ने योजना रहेको बताएका छन् ।
विगतमा कोभिडले धेरै काम हुन सकेन तर पनि यस आ.व.मा योजना छनौट भएका शतप्रतिशत गुणात्मक काम गर्ने लक्ष्य अनुरुप नै काम अगाडि बढी सकेको बताए । रेडियो आकाशगंगा एफएमसँगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेले भने, जनतालाई सेवा सुविधा दिने काममा कुनै पनि किसिमको कम्प्रमाइज नहुने । नगरपालिका सिंगो नगरवासीको सेवा गर्न बसेको हो, यहाँहरूको सेवामा कुनै अटेर महसुस भए आफूलाई सिधा सम्पर्क गर्न पनि अधिकृत आङ्गदेम्वेले आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेले भने, समयमै गुणात्मक काम गर्नको लागि नगरप्रमुखसँग पनि निरन्तर छलफल भइरहेको छ र यस अनुसार नै सबै विषयगत शाखाहरुलाई निर्देशन गरिसकेको बताए । सबै वडाको वडा कार्यालयहरुमा वडापत्रको व्यवस्था गराइसकेको पनि बताए ।
योजनाहरु कतिपय वडाबाट ढिलो आएकोले कार्यान्वयनमा अलि समस्या आँउछ कि जस्तो भएको थियो तर नगरपालिकाको कर्म्चारी र जनप्रतिनिधिहरूको साथ र सहयोगले कामलाई सहज बनाइदिएको बताए । तपाईलाई कामको दौडानमा कस्तो समस्या आईपरेको प्रश्नमा अधिकृत आङ्गदेम्वेले भन,े कर्मचारीको पर्याप्तता नभएको र आन्तरिक डकुमेन्टेसन, रिपोर्टिङको परिपाटी कमजोर रहेकोले यसलाई मजबुत बनाउने प्रयासमा लाग्दै सभ्य र हराभरानगर बनाउनमा जुट्न सबै नगरबासीमा अधिकृत आङ्गदेम्वेले आह्वान पनि गरे ।