संजय यादव, सिरहा
३१ चैत्र, २०७७
सिरहा जिल्ला प्रमुख अधिकारी (सिडियो) प्रदीपराज कणेलले जिल्लामा लाग्ने मेलाहरुलाई नियन्त्रित गर्ने भनेर कार्यादेश बनाएर सबै ठाउँमा सर्कुलर जारी गरिसकेको बताएका छन् । यति हुँदा पनि कतिपय स्थानहरुमा पिंग राख्न,े मान्छे भिडभाड हुने गतिविधिहरूको लागि पूर्व तयारी गर्ने काम देख्या छ, कुन कुन मेयर÷अध्यक्षले यदी त्यस्तो गर्न स्वीकृती दिनुभएको हो भने अत्यन्तै लज्जाजनक र हास्यापद रहेको बताए । सिडियो कणेलले भने, स्थानिय तहलाई त्यस किसमिकोे स्वीकृती दिने अधिकार नभएको बताए । कोभिड संक्रमण सन्दर्भमा सूचना प्रवाह पनि गरिसकेको र त्यस किसिमको गतिविधि गर्न गराउन स्वीकृती नदिन भनिसकेको बताए । सिडियो कणेलले आम जिल्लावासीहरुसँग अनुरोध गर्दै भन,े पर्याप्त सावधानी अपनाउनु हुन, न्यूनतम आधारभूत मापदण्ड पालना गर्न, मेला तमसा हेर्न नजान र यतीआवश्यक काम बाहेक बाहिर नजान, साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न आम नागरिकहरुमा सिडियो कणेलले अनुरोध पनि गरे । फरक प्रसंगमा सिडियो कणेलले सिरहाको शान्तिसुरक्षाको अवस्था नाजुक नभएको र थप सशक्त बनाउन लागेको बताउदै त्यस्तो कुनै समस्या आईपरेमा १०० मा डायल गरी जानकारी गराउनहुन समेत अनुरोध गरे ।