Thursday, December 2, 2021
spot_img
Homeअन्तराष्ट्रियकोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

शेयर गर्नु होस

काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो ।

यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले आफ्ना आमाबुबा किन धेरै लामो समयसम्म घर फर्किएनन् भन्ने बुझ्न सकेका थिएनन् । आफन्तहरूले प्रथामलाई उनीहरूका आमाबुबा कामको लागि बाहिर गएको भनेका  थिए । यद्यपि प्रथामले दिनहुँ आफ्ना आमाबाबुको बारेमा सोधिरहन्थे र प्रत्येक दिन उनीहरूलाई सम्झाउन कठिन हुँदै गएको थियो ।

आफन्तहरूले दिल्लीस्थित अनाथ बालबालिकाहरूको लागि काम गर्ने एनजीओसँग सम्पर्क गर्ने निर्णय गरे । एनजीओले यी दुवै दाजुभाइलाई कसैले आफ्नो सन्तान बनाएर पाल्ने अपेक्षा गरेको छ ।

गत वर्षको जुन महिनामा भारतमा कोरोनाको पहिलो लहर फैलँदै गर्दा १२ वर्षीया सोनिया र उनका ७ वर्षीय भाइले आफ्ना बुवालाई गुमाए । गत अप्रिल महिनामा उनीहरूकी आमाको पनि मृत्यु भयो । अहिले उनीहरूलाई हजुरआमाले रेखदेख गरिरहेकी छिन् । जो आफ्ना नातिनातिनाको भविष्यप्रति चिन्तित छिन् । यद्यपि उनी आफ्ना नातिनातिना अरुलाई पाल्न नदिने पक्षमा छिन् ।

मपछि यिनीहरूको रेखदेख कसले गर्ला ?, उनले भनिन्, ‘यिनीहरू मेरा छोराबुहारीको वंश हुन् । धेरै मानिसहरू यिनीहरूलाई पाल्छौं भनेर आएका छन् । म यिनीहरूलाई कसरी आफूभन्दा टाढा पठाउन सक्छु ?’ कोरोनाले जन्माएका यीं कथाहरू त केवल प्रतिनिधि मात्र हुन् । कोरोना महामारीका कारण भारतका धेरै परिवार तहसनहस भएको छ । जसको कारण धेरै बालबालिका अथान बनेका छन् ।

भारतकी महिला तथा बालबालिका कल्याण मन्त्री स्मृति इरानीले सामाजिक सञ्जाल ट्वीट गदै अप्रिल १ देखि मे २५ सम्मको अवधिमा भारतमा कम्तीमा ५७७ बालबालिकाका अभिभावकको मृत्यु भएको लखेकी थिइन् । जानकारहरूका अनुसार यो संख्या उल्लेख गरिएकोभन्दा धेरै बढी छ । गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनाथ बालबालिकाको सहयोगको लागि प्रत्येक बालबालिाकको लागि करिब १४ हजार डलरको घोषणा गरेका थिए । उनीहरूलाई यो रकम १८ देखि २३ वर्षको बीचमा दिइनेछ ।

भारतकी महिला तथा बालबालिका कल्याण मन्त्री स्मृति इरानीले सामाजिक सञ्जाल ट्वीट गदै अप्रिल १ देखि मे २५ सम्मको अवधिमा भारतमा कम्तीमा ५७७ बालबालिकाका अभिभावकको मृत्यु भएको लखेकी थिइन् । जानकारहरूका अनुसार यो संख्या उल्लेख गरिएकोभन्दा धेरै बढी छ ।

भारतमा धर्मपुत्र वा धर्मपुत्री राख्न पनि निकै कडा कानुन छ । भारतको प्रत्येक राज्यमा बाल संरक्षण तथा कल्याण आयोग छ । यसले जिल्लाहरूमा बालबालिकाहरूको जानकारीका लागि अधिकारीहरू नियुक्ति गर्छ । जसले मुलुकका धेरै एनजीओहरूले उक्त आयोगलाई जोखिममा रहेका बालबालिकाको पहिचान गर्न सहयोग गर्छन् ।

भारतमा धर्मपुत्र वा धर्मपुत्री राख्न (एडप्सन)का लागि एक अनलाइन पोर्टल पनि छ । जहाँ मानिसहरूले आफूले पाल्न चाहेको बालबालिकालाई दर्ता पनि गर्न सक्छन् । सबै कानुनी पक्रिया पुर्‍याएर बालबालिका संरक्षण कमिटिले एडप्सन को लागि कानुनी रुपमा स्वतन्त्र रहेको घोषणा गरेपछि बालबालिकालाई लैजान सकिन्छ ।

यद्यपि भारतमा एडप्सन हुने दर निकै कम छ । सन् २०२० को मार्चअघिको एक वर्षमा हजारौं बालबालिकाहरू अनाथ हुँदा केवल ३ हजार ३५१ बालबालिकालाई मात्र एडप्ट गरिएको थियो । सन् २०१९ मा अमेरिकामा भने ६६ हजारभन्दा धेरै बालबालिका एडप्ट गरिएको थियो ।

अनाथ हुनेको संख्या भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि ह्वात्तै बढेको भारतको बाल अधिकार संरक्षण आयोग दिल्लीका प्रमुख अनुराग कुन्डु बताउँछन् ।  मेरो जीवनमा त्यति छोटो समयमा यति धेरै मानिसको मृत्यु भएको कहिले पनि देखेको थिइनँ । जसका कारण १८ वर्षमुनिका धेरै बालबालिकालाई अभिभावकविहीन बनाएको छ । त्यो हिसाबमा हेर्ने हो भने यो राष्ट्रिय आपतकालको अवस्था हो ।

भारतको सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेशमा कोरोनाको कारण अनाथ बनेका एक हजारभन्दा धेरै बालबालिकाहरू पहिचान भएको भारतको बाल कल्याण आयोगकी एक सदस्य प्रीति वर्मा बताउँछिन् । उनका अनुसार राष्ट्रव्यापी रुपमा हेर्ने हो भने वास्तविक संख्या अझै ठूलो हुनसक्छ । यस किसिमका बालबालिकाको पहिचानका लागि प्रहरीहरूग्रामीणस्तरका स्वास्थ्यकर्मीहरू र गाउँका नेताहरूको सहयोग लिने गरेको वर्माको भनाइ छ ।

कुन्डुका अनुसार पूर्णरुपमा एडप्सन गर्नुभन्दा पनि बालबालिकाहरूलाई अल्पकालीन समस्या समाधानको लागि सहयोगको आवश्यकता देखिएको छ ।

सबै बालबालिका  एडप्ट हुन्छन् भन्ने कल्पना मात्र हो, उनले भने । यसको लागि फोस्टर केयरको योजना राम्रो हुने उनको भनाइ छ । फोस्टर केयरमा परिवारका अन्य कुनै सदस्य वा साथीभाइहरूले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री नबनाइकन नै पालनपोषण गर्न सक्छन् । यसको लागि केही विशेष नियम पनि छ तर भारतमा फोस्टर केयर हुनेको संख्या निकै कम छ । यस किसिमको अभ्यासले आगामी दिनमा एडप्सन हुनेको दरमा पनि उल्लेख्य सुधार आउनसक्ने जानकारहरूको भनाइ छ ।

तस्करीको आशंका

धेरै मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गरेर अस्पतालमा बेडअक्सिजन र औषधिको लागि सहयोग मागेका थिए । त्यस्तै कोरोनाको कारण अभिभावक गुमाएका बालबालिकाहरूलाई एडप्ट गर्नका लागि पनि धेरै फोनहरू आएका थिए । तरयसरी खुलारुपमा फोन नम्बर र बालबालिकाको तस्विर सामाजिक सञ्जालमा राख्दा तस्करीको जोखिम पनि बढेको छ ।

यसअघि एउटा समुहले पनि सामाजिक सञ्जालमार्फत बालबालिका एडप्सनको लागि आएको र उनीहरूले एउटा बच्चाको लागि सात हजार डलरबराबरको रकम प्रस्ताव गरेको कुन्डुले बताए । पछि उनीहरूले यो घटनालाई प्रहरीमा उजुरी गरेका थिए ।

भारतमा बालबालिकाको तस्करी गरेर उनीहरूको श्रम शोषण हुने वा उनीहरूलाई यौनजन्य काममा लगाइने गरेको आशंका छ । दिल्लीस्थित प्रोत्साहन एनजीओकी सीईओ सोनल कपूरका अनुसार अहिले घरको एक अभिभावकको मृत्यु हुँदा बाँकी अर्को अभिभावकले विशेषगरी बाबुले सन्तालाई बाल श्रममा धकेल्ने गरेको पाइएको छ ।

यसले अनाथ नभएका तर एउटा अभिभावक गुमाएका बालबालिकालाई पनि स्याहारको खाँचो देखिएको छ । कपूरका अनुसार आमा कोरोनाको कारण निकै बिरामी भएको अवस्थामा एक बाबुले आफ्ना छोरीहरूमाथि यौन दुव्र्यवहार गर्न सुरु गरेकोसमेत पाइएको थियो ।

कोरोनाका कारण अनाथ बनेका बालबालिका मुद्दा अहिलेको अवस्थामा गम्भीर विषय हो । यद्यपि यो सम्पूर्ण सत्य भने होइन । आफ्ना दुईमध्ये एक अभिभावक गुमाएका बालबालिकाको संख्या धेरै ठूलो छ र उनीहरूलाई पनि  उत्तिकै ध्यान दिनु आवश्यक छ, उनले भनिन् ।

प्रोत्साहन एनजीओकी सीईओ सोनल कपूर महामारीको समयमा धेरै हृदयविदारक घटना भएको फोन आफूहरूलाई आएको बताउँछिन् । उनलाई आएको एउटा फोनमा दुई बालकले कोरोनाबाट मृत्यु भएका आफ्ना बाबुको अन्त्येष्टिको लागि सहयोग मागेका थिए । किनकि उनीहरूकी आमा कोरोना संक्रमणको कारण बिरामी भएकाले अन्त्येष्टि गर्न सक्ने अवस्थामा थिइनन् । त्यस्तै अर्को एक परिवारमा आमाको कोरोनाको कारण मृत्यु भएको थियो भने बाबुले आफ्ना तीन सन्तानलाई खानाको व्यवस्था गर्न सकेका थिएनन् । उनीहरूका आफन्तले प्रोत्साहन संस्थामा फोन गरेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

अहिले भारतका विभिन्न राज्यले कोरोनाको कारण अनाथ बनेका बालबालिकाहरूको संरक्षणको लागि पहल सुरु गरेका छन् । यद्यपि जानकारहरू सरकारले गरेको प्रयास अपुग रहेको औंल्याउँछन् ।

सबैभन्दा जोखिमपूर्ण कुरा अहिलेको अवस्थामा धेरै बालबालिकाहरू आफ्नो परिवार विना नै हुर्किरहेका छन् ।

(यो आलेखमा केही नामहरू पहिचान लुकाउन परिवर्तन गरिएको छ ।)

 बीबीसीबाट 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: