काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेत्रविक्रम चन्द ‘विप्लवल’ बीच भेटवार्ता भएको छ । बिहीबार कोटेश्वरस्थित नेपाल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ। सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो । त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिनुभएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्ड सचिवालयका अनुसार समसामयिक राजनीतिकसँगै विप्पले आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको छ । यसअघि विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेका थिए।