काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले चुरेक्षेत्रलाई जोगाउँदै मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले चुरेमा मापदण्ड विपरीत भइरहेका गिट्टी, बालुवाको उत्खनन् रोक्दै मधेसलाई जोगाउनुपर्ने बताएका हुन् ।
‘चुरेलाई रक्षा गरी मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउनुपर्छ । उत्पादनका लागि पानीको स्रोत चुरेमा नै मधेस निर्भर छ । चुरे जोखिममा रहँदा मधेस पनि जोखिममा छ । आउने दशकमा स्थिति भयावह हुनुसक्ने विज्ञहरूको चेतावनी छ । त्यसअघि नै चुरे जोगाउन हरित योजना सञ्चालन गर्नुपर्छ,’ उनले भने ।
चुरे संरक्षणको जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिनुपर्ने उनको माग छ ।