ल्हासा । तिब्बतको स्वायत्त निकायमा चिनियाँ अधिकारीहरुले विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको विचारधारामा अनुसरण गराउनका लागि बिदामा सैन्य तालिम लिन बाध्य पारिएको छ ।
रेडियो फ्री एशियाले तिब्बती स्रोतहरुलाई उद्धृत गर्दै तिब्बती विद्यार्थीहरुलाई जबरजस्ती सैन्य तालिम लिन बाध्य पारिएको जनाइएको छ । तिब्बतको सांस्कृतिक सम्बधलाई कमजोर बनाउने योजनाको एक हिस्साका रुपमा बेइजिङले यो रणनीति अपनाइरहेको जनाइएको छ ।
तिब्बतको दक्षिणी क्षेत्र निङत्री क्षेत्रमा दुई वटा प्रशीक्षण शिविर स्थापना गरिएको र ल्हासा गा अन्य क्षेत्रका विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई तालिम दिन लागिएको जनाइएको छ ।
तिब्बती बच्चाहरु जो सामान्यतया तिब्बती स्कूलहरु र गुम्बाहरुमा आफ्नो गर्मी र जाडोको बिदाको समयमा जाने गर्छन, यही समयमा पछिल्लो समय चिनियाँ अधिकारीहरुले जबरजस्ती सैन्य तालिममा सामेल गराउने गरेका छन् । यी विद्यार्थीहरुलाई सैन्य प्रशिक्षण कार्यक्रमहरुमा भाग लिनुबाहेक अरु कुनै विकल्प छैन, भारत मा तिब्बत नीति संस्थानका एक शोधकर्ता कर्मा तेन्जिनले भने ।
बौद्ध धर्मप्रतिको लगावलाई अन्त्य गर्न र सांस्कृतिक सम्बन्धलाई कमजोर तुल्याउनका लागि तिब्बतीहरुको ब्रेनवासको काम गर्ने चिनियाँ रणनीतिको चीनबाहिर विरोध भइरहेको छ । निर्वासनमा रहेको तिब्बती समुदायका नेताहरुले यसको विरोध गरिरहेका छन् । चिनियाँ यो रणनीति तिब्बतको भाष संस्कृतिका लागि खतरा बन्ने चिन्ता व्यक्त गरिएको छ ।
रेडियो फ्री एसियाले स्रोतहरुलाई उद्धृत गर्दै यस्तो किसिमको चिनियाँ रणनीतिविरुद्ध भाषा अधिकारीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । हालैका बर्षहरुमा राष्ट्रिय पहिचानको दाबी गर्नको लागि मठहरु तथा अनौचारिक शिक्षा लिने ठाउँहरुलाई अवैध संघ ठहर गर्दै शिक्षकहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो ।
भर्खरै, बेइजिङले जबरजस्ती चीनको गान्सु प्रान्तमा एक गुम्बा बन्द गरी भिक्षुहरु र ननहरुलाई बेदखल गरी रहेको छ जबकि उनीहरु मध्ये धेरैलाई बेइजि दथले यस बेदखलीको क्रममा हिरासतमा लिएको छ।
चिनियाँ अधिकारीहरु तिब्बती बौद्ध धर्मको वृद्धि नियन्त्रणको लागि तयारी गरिरहेका छन् । भिक्षुहरु र भिक्षुणीहरुको सट्टा, नियमित देशभक्ति शिक्षा र अन्य राजनैतिक अभियानहरुको अधीनमा रहेका छन् । एजेन्सीहरु बाट