काठमाडौं:
यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहालीकन कुनै नेताहरु पनि सफल नहुने चाहाना हरेक नेपालीले यतिबेला केपी ओलीसँग राखेका छन् । देशभित्र भएका हरेक गतिबिधीहरुसँग नजिक रहेका र हालै प्रधानन्त्री पद छोडेका नेकपा एमालेका
अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रै होईन दुई तिहाईको साथ राज्य चलाउने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको लागि कम्फटेवल सरकार भनेको केहि समयमा नै केहि
बुद्धीजिवीहरुले यस्तो बिश्लेषण गरेका हुन । नेपालमा भष्टचारीको यति धेरै बिगबिगी छ कि पैसा नदेखाई काम नै नहुनेसम्म छ । यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५र७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म छोड्दिन भन्ने हो
भने र आफ्नैबाट शुरुवात गर्ने हो भने उनी प्रति आम नागरीकको चासो झनै बढेर जानेछ । भष्टचारीको अनुहार समेत हेर्दिन भनेका ओलीले यति काम गरेको अबस्थामा उनलाई र उनको पार्टीलाई नागरीकमा जान सहज अबस्था आउने छ ।
साथै आगामी निर्वाचनमा राष्टीयता र भष्टचारीलाई कारवाहीको नारा ओलीले नेतृत्व गरेको एमालेको मुख्य नारा हुनेछ । अन्यथा आफैले सरकार बनाउला र सरकार चलाई राखुला भन्ने सपना नदेखेको राम्रो हुने छ ।
ओलीले ंससदबाट पराजित भएर प्रधानमन्त्री शेर बहादुर देउवा र उनी बिरोधीहरुको गठबन्धन बनेको बेला यस्ता कुराहरु फेस गर्दा उनी नै कमजोर देखिएका छन् । मिरमिरे खबर