संजय यादव, सिरहा
२३ भाद्र, २०७८
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी)का नेता कृष्णदेव सिंह दनुवारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता राष्ट्रघाती सम्झौता रहेकोले यसको विरुद्ध सबैले आआफ्नो ठाउँबाट उठनै पर्ने बताएका छन् । भ्रष्ट र दलाल सरकारले देश बेच्ने सम्झौता गरी नेपाली जनतालाई आँखामा छारो हाल्ने काम गरेको बताए । सिरहाको गोलबजारमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन बैध किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त आयोजनामा भएको “राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर विरोध कार्यक्रममा” बोल्दै नेता दनुवारले यस्तो बताए । नेता दनुवारले कोणसभालाई सम्बोधन गर्दै भन,े राष्ट्रघाती एमसीसी सम्झौता खारेज गराउन सबैले आफ्नो ठाउँबाट हातमा हसिँया हुनेहरुले हसिँया, कोदालो हुनेहरुले कोदालो, खुर्पी, लाठी हुनेहरुले लाठी लिएर उठन र हातमा केही नहुनेहरुले बुलन्द आवाज लिएर उठन सबैमा अनुरोध गरे ।
उनले भन,े अहिलेको भ्रष्ट सरकार भ्रष्टहरुलाई पालन गरिरहेको सरकार रहेकोले राष्ट्रघाती एमसीसी सम्झौता लागू गर्न दलाल र कमिसनखोर भन्दा पनि तल्लो दर्जामा झरिसकेको सरकार रहेकोले बातले नमान्ने भूतलाई लातले हान्ने अबस्था आईसकेको बताए । काशी, महकाली, नारायणी लगायत बेचिसकेको सरकारले अब सिंगो देश नै बेच्ने तिर लागिपरेकोले सबै उत्पीडनमा परेकाहरुले एकजुट भई सम्झौता खारेज गराउनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल कम्युनिष्ट पाटीका सिराहा जिल्ला नेता राजु विश्वकर्माले सभालाई सम्बोधन गर्दै भने, सरकार राष्ट्रघाती एमसीसी सम्झौता गरेर बिजुली र सरक विकासकोे नाममा अमेरिकाले आफ्नो सेना परिचालन गरी नेपाल कब्जा गर्ने रणनीतिमा रहेको बताए । देश हाम्रो, कानून नीति अर्काको त्यो हामी कदापी मान्दैनौ । देश बेच्नेहरुलार्ई कालोमोसो दल्दैै गाउँमा समेत पस्न नदिने सबैलाई सचेत गराए । उनले भन,े अमेरिकाबाट सेक्युरिटी गार्डको नाममा अमेरिकी सेना गल्लीगल्लीमा खटिने र विस्तारै नेपाल नै कब्जा गर्ने भएकोले यस्ता राष्ट्रघाती सम्झौताको विरुद्ध लड्न आवश्यक भएको बताए ।
कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी )का नेता संजय सिंह तथा उदघोषक शम्भु साहले गरेको थियो । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर् जस्ता नाराहरु लेखिएको प्लेकार्ड बोकी प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा (क्रान्तिकारी माओवादी)का नेता रामनारायण सिंह, राजदेव नायक लगायत तथा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।