सिरहा । सिरहा प्ररीले ५ किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारततर्फ जाँदै गरेका भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खुटौना ग्राम पञ्चायतका रवि महतो र पिन्टु महतोलाई प्रहरीले पाँच किलो चाँदीसहित पक्राउ गरेको हो ।
कम्मरमा लुकाएर भारत तर्फ जान लागेको अवस्थामा बुधबार साँझ दुबैजनालाई भगवानपुर गाउँपालिका ४ ठाडीबाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
दुबै जनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।